१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुवाको हत्या अभियोगमा संखुवासभाका १८ वर्षीय किशोर पक्राउ


975
Shares

काठमाडौं । संखुवासभामा आफ्नै बुवाको हत्या अभियोगमा १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

सभापोखरी गाउँपालिका–२ बितलब बस्ने ५२ वर्षीय बुवाको हत्या अभियोगमा प्रहरीले १८ वर्षीय किशोरलाई गएराति पक्राउ गरेको हो ।

घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले परिवारको परिचय भने गोप्य राखेको छ ।