
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रजातन्त्र दिवसमा तीनवटा ‘संकल्प प्रस्ताव’ राख्नुभएको छ ।
सामाजिक सञ्जालमा फेसबुकमा उहाँले प्रजातन्त्र दिवसमा लोकतन्त्रसँगै लोकतान्त्रिक संस्कार, सामाजिक रुपान्तरण र समृद्ध देशको संकल्प गर्नुपर्नेमा जोड दिनुभएको हो ।
यस्तै, एमसीसीको चर्चा चलिरहँदा उहाँले समृद्धिका लागि चीन–भारत–अमेरिका सबको लगानी र अनुदान भित्र्याउने संकल्प पनि गर्नुभएको छ ।
साथै, उहाँले अनुदानका नाममा देशको सैन्य रणनीतिमा कहिल्यै पनि सामेल नहुने संकल्प गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
एमसीसीको विषयमा व्यापक चर्चा चलिरहँदा कांग्रेस महामन्त्री शर्माले राखेका तीन प्रस्तावलाई महत्त्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्