१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद बैठक आज बस्दै

आज पनि सम्भावित कार्यसूचीमा परेन एमसीसी

91
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक औपचारिकतामा सीमित हुँदै आएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संसदको आजको बैठकमा एमसीसी टेबुल गर्ने जनाएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) समावेश गरिएको छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/०७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।