१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै


91
Shares

काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसँगै बिरामीको चाप बढेको हो ।

एक वर्षमा ६१ हजार बढी बिरामीहरुले आकस्मिक र ओपिडि सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा देशभरबाट ५० भन्दा बढी जिल्ला र भारतबाट समेत उपचारका लागि विरामी आउने गरेको छन् ।

१६ बर्ष अघि ५० शैयाबाट सुरुवात भई हाल २ सय ५० शैयामा अस्पताल सञ्चालनमा रहेको छ । अस्पतालमा हाल ५१ जना विशेषज्ञ डाक्टर र डाक्टरहरुसहित ४ सय बढी स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यरक्त रहेका छन् । अस्पतालको भौतिक संरचनादेखि सेवा प्रवाहसम्म वृद्धि भएसँगै काठमाडौं र भारत जाने विरामीहरु रोकिएका छन् ।

प्रदेशमै सुविधासम्पन्न अस्पतालमा सरल र छिटो उपचार हुन थालेपछि बिरामीहरुलाई सहज भएको हो ।