
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या भएको छ ।
गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शिक्षालयमा पर्याप्त कक्षाकोठाका साथै आवासको पनि अभाव रहेको छ ।
दुई वर्षअघि सञ्चालनमा आएको शिक्षालयका विद्यार्थी र शिक्षकहरु आसपासका गाउँमा बास बस्दै आएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा सञ्चालनमा ल्याइएको शिक्षालयमा तेह्रथुम, पाँचथर र ताप्लेजुङका ८० जना विद्यार्थी अध्ययनरत छन् ।
शिक्षालयलाई ओली ट्रष्टले ३० रोपनी क्षेत्रफल जमिन उपलब्ध गराएको छ । तर, जमिनमा अहिलेसम्म कुनै पनि संरचना बनेका छैनन् ।
पूर्वाधार नै निर्माण नगरी हतारमा सञ्चालनमा ल्याइएको शिक्षालयमा समस्यै समस्या भोग्नु परेपछि विद्यार्थीहरु बीचमै पढाई छाडेर हिड्ने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्