
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले सबै प्रदेश सरकार खारेज गर्न माग गर्नुभएको छ ।
संविधान सभाका सदस्य समेत रहनु भएका अध्यक्ष कार्कीले प्रदेश सरकार खर्चको काल मात्र भएको भन्दै केन्द्र र स्थानीय तह भए नेपालमा काफी हुने उहाँको तर्कछ ।
प्रदेश सरकराको कामै नभएको भन्दै अध्यक्ष कार्कीले समन्वयका लागि ७ सदस्यीय इकाई बनाइदिए प्रदेशमा परेका समस्या हेर्न सक्ने उहाँको भनाइ छ । आवश्यक परेको खण्डमा समन्वय इकाईका लागि सरकारले ७ जनालाई नियुक्त गर्न सक्ने उहाँले बताउनुभयो ।
प्रदेश सरकार व्यवहारमा चाहिन्छ जस्तो देखिदैन अध्यक्ष कार्कीले भन्नुभयो । यो खर्चको काल मात्र भएको र प्रदेश सरकारलाई दिइने बजेट त्यो सिधै स्थानीय तहमा पठाईदिए कति विकास हुन्छ भन्दै प्रश्नसमेत गर्नुभएको छ ।
एक नम्वर प्रदेशको उदाहरण दिँदै उहाँले भन्नुहुन्छ,प्रदेश १ मा ७ वटा मन्त्रालयले चल्दै थियो । अहिले भागबण्डामा १४ भयो । भागबण्डामा १४ मन्त्रालय भएसँगै १४ गाडी,१४ क्वाटर, १४ सेक्युरिटी, १४ सचिवालय कहाँ पुग्छ स्थिति त्यसकारण यसको कामै छैन । अब प्रदेश सरकार खारेज गर्नुपर्छ ।
पछिल्लो समय राजनीतिमा युवाको बितृष्णा भएको बताउनु भएका नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले राजनीतिमा युवाको सक्रिय सहभागीता आवश्यक भएको समेत बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्