७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जुम्लाका सबै स्थान स्याउ सुपरजोन


104
Shares

काठमाडौं । जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम लागू भएको छ ।

जिल्लाको सबै स्थानमा स्याउ सुपरजोन लागू भएपछि किसानहरु उत्साहित भएका छन् ।

स्थानीयस्तरबाट माग आएपछि कृषि कार्यालय जुम्लाले अनुगमनका लागि प्राविधिकको टोली खटाएको थियो ।

प्राविधिक टोलीको प्रतिवेदनका आधारमा बाँकी रहेको जिल्लाका तिला, हिमा, सिँजा सहितका केही ठाउँमा सुपरजोन कार्यक्रम लागू गरिएको हो ।

यता, जिल्लामा यस वर्ष स्याउ उत्पादन १९ प्रतिशतले घटेको छ । जिल्लाको केही भेगमा स्याउबारीमा किरा लागेपछि उत्पादन घटेको हो । जुम्लामा यो वर्ष ६ हजार १ सय ७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ ।

गत वर्ष ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ । जिल्लाको कूल खेतीयोग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर छ । चार हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ८ सय ८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो ।