८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रक्सोल नाकाबाट आयात हुने ईन्धन १४४ प्रतिशतले वृद्धि


26
Shares

काठमाडौं । वीरगञ्जस्थित रक्सोल नाका हुँदै आयात हुने पेट्रोलीयम पदार्थमा गत वर्षको तुलनामा १ सय ४४ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको अर्थिक ६ महिनामाको तुलनामा चालु सोही अवधिमा ३३ अर्व ४८ करोड बढी मूल्यको इन्धन आयात भएको हो । गत आर्थिक वर्षको ६ महिनासम्म वीरगञ्ज नाका प्रयोग गरेर ३१ अर्व ८९ कोरोड बढीको इन्धन आयात भएकोथियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा ६५ अर्ब ३७ करोड बढीको इन्धन आयात भएको छ । यो आर्थिक वर्ष १७ लाख ८ हजार ५ सय लिटर डिजल पेट्रोल तथा हवाई इन्धन आयात भएको छ ।

त्यस्तै, गत आर्थिक वर्षको ६ महिनामा सात अर्ब ४९ करोड बढीको ग्यास आयात भएकोमा यस वर्ष १५ अर्ब २५ करोड बराबरको ग्यास आयात भएको छ ।

गत वर्ष भन्दा यो वर्ष उद्योग, यातायात तथा विकास निर्माणमा खासै असर नपरेकोले इन्धन आयात बढेको भन्सार कार्यालय वीरगञ्जले जनाएको छ ।