१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा गत थप २४ घण्टामा १८ हजार जनामा संक्रमण पुष्टि,६७३ को मृत्यु


117
Shares

काठमाडौँ । भारतमा गत २४ घण्टामा थप १८ हजार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ३८ हजार २ सय ११ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा थप ६ सय ७३ जनाको मृत्यु भएको हो ।

भारतमा हाल २ लाख ३३ हजार जना कोरोनाका सक्रिय संक्रमित रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।