२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


होलीको दिन प्रदर्शन हुने अक्षय कुमारको नयाँ फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक


195
Shares

काठमाडौं । अक्षय कुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा अक्षय कुमार, कृति सेनन र ज्याकलिन मुख्य भुमिकामा देखिने भएका छन् ।

कृतिलाई यस फिल्मको ट्रेलरमा एक निर्देशकको भुमिकामा देखिएको छ । यो फिल्मको प्रतिक्षा दर्शकहरुलाई लामो समयदेखि थियो । अक्षय यस फिल्ममा ग्याङ्गस्टारको भुमिकामा देखिने भएका छन् । यसमा उनको अवतारको धेरै अगाडीबाट चर्चा भइरहेको थियो । यस पटक अक्षय कुमार डरलाग्दो भुमिकामा देखिने भएका छन् ।

ट्रेलरमा प्रतिक बब्बर, संजय मिश्रा, पंकज त्रिपाठी जस्ता कलाकारहरु देखिएका छन् । यस फिल्ममा ज्याकलिनले ग्ल्यामर थप्ने छिन् । ज्याकलिनले बच्चन पाण्डेकी प्रेमिका सोफिको भुमिका निर्वाह गरेकी छिन् । कमेडिसँगै यो फिल्म रक्तपातले भरिपूर्ण हुने ट्रेलरबाट प्रष्ट हुन्छ ।

अक्षयले सन् २००८ मा आएको फिल्म ‘टशनमा’ बच्चन पाण्डे नामको भुमिका निभाएका थिए । त्यहि भुमिकाबाट प्रेरित भएका अक्षयले यस फिल्मको नाम ‘बच्चन पाण्डे’ राखेका भारतीय सञ्चार माध्यामले जनाएको छ । यो फिल्म साउथ फिल्म ‘वीरम’ को रिमेक बन्ने खबर थियो । तर, पछि निर्माताले उनको मौलिक कथा बनाउन स्क्रिप्ट परिर्वतन गर्ने निर्णय गरे त्यसपछि यो फिल्म तमिल फिल्म ‘जिगरथण्डा’ को रिमेक भएको बताइएको छ ।

यस फिल्मलाई फरहाद सामजीले निर्देशन गरेका हुन् । साजिद नाडियाडवाला यस फिल्मका निर्माता रहेका छन् । यो फिल्म होलीको दिन अर्थात् १८ मार्चमा प्रर्दशनीमा आउने भएको छ ।