
काठमाडौं । बिग्रेड ब्वाइज क्लब सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगसनमा परेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामामा भएको खेलमा सातदोबाटो क्लबसँग ३–२ गोलले पराजित भएसँगै बिग्रेड ब्वाइज क्लब रेलिगेसनमा परेको हो ।
सातदोबाटालाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।
बिग्रेड ब्वाइज क्लब रेलिगेसनमा पर्ने दोस्रो टीम हो । यसअघि च्यासल युथ क्लब ‘ए’ डिभिजन लिग’बाट रेलिगेसनमा परिसकेको छ ।
खेलको १३औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए पनि १६औं मिनेटमा बेर्टराण्डले गोल गर्दै ब्रिगेडलाई १–१ गोलको स्थितिमा ल्याए ।
१८ औं मिनेटमा दिपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए पनि ५१औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई २–२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्