१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोनाका ३ सय ८८ संक्रमित थपिए, ४ जनाको मृत्यु


65
Shares

काठमाडौं । नेपालमा कोरोनाका थप ३ सय ८८ संक्रमित थपिएका छन् ।

८ हजार १ सय ४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमित निको हुँदा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सोही समयमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ ।

देशभर कोरोनाका ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन् ।