
काठमाडौं । ललितपुर प्रहरीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला सहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका–५ घर भइ काठमाडौंको मित्रनगर स्थित होटलमा बस्दै आएका २६ वर्षीय नवराज केसी रहेका छन् ।
ललितपुर महानगरपालिका १३ एकान्तकुना क्षेत्रमा रेडपाण्डाको छाला सहित एकजना लुकि छिपी बसेको भन्ने सूचनाका आधारमा केसीलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।
काठमाडौंको नयाँ बसपार्कको मित्रनगरस्थित होटलमा बस्दै आएका केसीको कोठा खानतलासी गर्दा पछाडी बोक्ने झोलामा २ थान रेडपाण्डाको छाला बरामद गरेको हो ।
उनलाई थप अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्