६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


१२ गते एमसीसी संसदबाट अुनमोदन हुन्छ : प्रवक्ता महत


39
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी संसदबाट अनुमोदन हुने बताउनुभएको छ ।

काठमाडौंमा सोमबार पत्रकारसँगको अन्तरक्रियामा प्रवक्ता महतले राजनीतिक चर्चाको लागि बाहिर विभिन्न मतान्तर देखिएपनि दलहरूको सहमतिमै फागुन १२ गते एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो ।

चीनसँग बीआरआई सम्झौता आफ्नै पालामा भएको स्मरण गर्दै प्रवक्ता महतले नेपालको स्वार्थ र हित अनुकुल रहेर कुनै पनि सम्झौता र सहयोग पास गर्न कांग्रेस तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता महतले देश विकासका लागि आएको एमसीसी परियोजनालाई राष्ट्रघातीको संज्ञा दिन नमिल्ने जिकिर गर्दै जनतामा भ्रम फैलिरहेकाले देशको हितका लागि भएको बुझिदिन आग्रह गर्नुभयो ।

उहाँले एमसीसीको विषयमा अरु दलसँग पनि औपचारिक र अनौपचारिक रुपमा छलफल भइरहेको समेत जानकारी दिनुभयो ।