३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


नेपाल टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा


1.495k
Shares

काठमाडौं । नेपाल आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडालाई विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको लक्ष्य दुई विकेट गुमाएर १४ ओभर १ बलमा पूरा गर्दै नेपालले ८ विकेटको जित निकालेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ३४, दिपेन्द्र सिंह ऐरीले २७, आशिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल पहिलो बलमै पेभेलियन फर्किए । भुर्तेल र ऐरी अविजित रहे ।

क्यानडाका कलिम साना र सलमान नजरले एक–एक विकेट लिए ।

त्यसअघि ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरको अन्तिम बलमा अलआउट हुँदै ८० रन बनायो ।

उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० तथा डिलोन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमल ऐरी र अभिनास बोहोराले समान दुई विकेट लिँदा कुशल मल्ल एक विकेट हात पारे ।

नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो ।

आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बनेको छ । अस्ट्रेलिया हुने विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’को उपविजेता युएईलाई पराजित गर्नुपर्ने हुन्छ ।