२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियामा सवारी साधनको ठक्करबाट बालकको मृत्यु


65
Shares

बर्दिया । सवारी साधनको ठक्करबाट बर्दियामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजापुर–४ का सिमन थारु रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

राजापुरबाट छेदियागाउँ गइरहेको भे १ क १३९६ नम्बरको सवारीले बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

सवारी चालक सोहन लाल थारु र सवारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।