२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमतीका ९६ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप


78
Shares

काठमाडौं । बागमती प्रदेशमा ९६ प्रतिशत नागरिकले कोरोना संक्रमणविरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् ।

हेटौंडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

खोप अभियान तीव्र रूपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको मन्त्रालयको दाबी छ ।