
काठमाडौं । एमसीसीको विरोधमा पछिल्ला दिनहरूमा निरन्तर भइरहेका सडक प्रदर्शनले व्यापार व्यवसाय गरेर जीवन चलाउनेहरू प्रत्यक्ष मारमा परेका छन् ।
एमसीसी विरुद्ध दिनहुँजसो माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन र झडप भइरहँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरू मारमा परेका छन् ।
पटक–पटकको बन्दको कारणले आफूहरू ठूलो सम्स्यामा परेको उनीहरूको गुनासो छ । आन्दोलनले आफ्नो दैनिकीमा समेत असर परेको उनीहरूको भनाइ छ ।
उक्त क्षेत्रमा कतिपय पसलहरूमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा लाखौंको क्षति भएको छ । व्यापार व्यवसाय गर्ने क्षेत्रमा नभइ संसद भवन अगाडि नै सुरक्षा निति अपनाएर निषेधित क्षेत्र बनाउन उनीहरूको माग छ ।
बारम्बार प्रदर्शन भइरहँदा त्यसको असर आमनागरिकले भोग्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्