
काठमाडौं । पुरातात्विक र ऐतिहासिक महत्वको छुस्याबहालको भाग बय्लाछी सत्तलमा २७ वडा कार्यालय भवन नबनाउन माग गर्दे स्थानीयले काठमाडौं महानगरपालिमामा ज्ञापन पत्र बुझाएका छन् ।
गत माग २३ गते स्थानीयलाई जानकारी नै नगराई सत्तल र सार्वजनिक खुल्ला जग्गा मासेर २७ वडा कार्यालयको व्यापारीक भवन बनाउन मेयर र उपमेयरले शिलान्यास गरेका थिए ।
ईमेज च्यानलले समाचार सम्प्रेषण गरेपछि पुरातत्व विभागले समेत काम रोक्न निर्देशन दिएको छ । तर, महानगरले अटेर गरेपछि काम रोक्न स्थानीय अग्रसर भएका हुन् । उनीहरु वडा कार्यालय गएर निवेदन बुझाउन जाँदा निवेदन नै दर्ता नगरी दुव्र्यवहार गरिएको स्थानीयले बताएका छन् ।
वडाले दर्ता गर्न नमानेपछि संस्कृति अभियन्ता र छुस्याबहालका सदस्यहरु ज्ञापनपत्र लिएर महानगर पुगेका हुन् । ज्याठा क्षेत्रमा खुल्ला स्थान नै नभएको अवस्थामा साघुँरो ठाउँमा वडा कार्यालय भवन बन्दा पार्किङको ठूलो समस्या हुने स्थानीयको भनाइ छ ।
सार्वजनिक स्थान छुस्याबहालकै स्वामित्वमा रहेकोे प्रमाण बहालभित्र सुरक्षित रहेको र जग्गाधनीको नाम नरहेको कित्ता नम्बर २१ सय ३१ को सार्वजनिक खाली जग्गामा कानून विपरीत भवन बनाउन लागेको प्रति स्थानीय रुष्ट छन् ।
प्रतिक्रिया दिनुहोस्