रुपन्देहीमा बेवारिसे ताल संरक्षण गरेर पर्यटन प्रवद्र्धन गरिने

news

बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीमा जल पर्यटनलाई व्यवस्थित गर्ने अभियान सुरु गरेको छ । पर्यटकीय गन्तव्य व्यवस्थित गर्न विभिन्न वेवारिसे अवस्थामा रहेका तालहरुलाई संरक्षण सुरु गरेको हो ।

बुटवल वडा नंं.१६ बैठउलियास्थित कपरकट्टी ताललाई संरक्षण गरी पर्यटकलाई आकर्षित गर्न डुंगासमेत सञ्चालनमा ल्याइएको छ ।

करिब २४ विगाहा क्षेत्रफलमा फैलिएको ताललाई थप व्यवस्थित बनाउन र स्थानीयलाई आयआर्जनको माध्यम बनाउन होमस्टे समेत सुरु गराउने पहल भइरहेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदीले जानकारी दिए ।

यस स्थानमा थारु समुदायको बाहुल्यता रहेको छ । केहि समय अघि रुपन्देहीको दानापुर र गैडहवा ताललाई पनि संरक्षण गरी डुंगा सञ्चालनमा ल्याइएको थियो । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...