
काठमाडौं । आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोटको सेमिफाइनल खेलमा युएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस ओमानले पहिला ब्याटिङ गर्न लागेको हो । नेपालले कुशल मल्ललाई बेन्चमा बसाएर विवेक यादवलाई भित्र्याएकाे छ । बाँकी टीम साेमबारकै रहने कप्तान सन्दीप लामिछानले जानकारी दिए ।
नेपाल ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेर समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा युएई समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।
हेड टु हेडमा हेर्ने हो भने यसअघि भएका चार खेलमा दुई खेल नेपालले र दुई खेल युएईले जितेका छन् ।
आजको खेलको विजेताले अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा खेल्न पाउने भएकाले पनि दुवै टीमका लागि आजको खेल गर वा मरको अवस्थामा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्