४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


राष्ट्रघाती र राष्ट्रवादीहरू कुम जोडेर उभिन हुँदैन : महामन्त्री थापा


884
Shares

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन नमिल्ने बताउनुभएको छ ।

मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले एमसीसी सम्झौता संसद्मा टेबल गरिसकेको भन्दै सरकारले ल्याएको प्रस्ताव पास गर्नु गठबन्धन दलहरूको दायित्व बन्ने बताउनुभयो ।

थापाले एमसीसीको पक्षमा मतदान नगर्ने दलहरू सरकारमा बसिरहन नमिल्ने पनि बताउनुभयो । उहाँले पक्ष र विपक्षमा उभिएर आफू राष्ट्रवादी र अर्कोलाई राष्ट्रघातीको आरोप लगाइसकेपछि एउटै गठबन्धनमा बस्न नसुहाउने जिकिर गर्नुभयो ।

फरक–फरक ठाउँमा मत हालेर सँगै हिँड्ने प्रयास भइरहेको भन्दै त्यस्तो सम्भव नहुने महामन्त्री थापाले बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले दोहोरो भूमिका देखाएर छलछाम गर्नुको बदला त्यसबारे प्रष्ट निर्णय लिनुपर्ने पनि बताउनुभयो ।