
फाइल तस्विर
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको हो ।
उसका लागि मोहम्मद वसीमले सर्वाधिक ७० रन जोड्दा, भ्रित्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७, जवार फरिदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
नेपालका जितेन्द्र मुखिया र अभिनाश बोहराले तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
आजको खेल जित्ने टीमले अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्