१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा


195
Shares

इलाम । इलाममा एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा भएको छ ।

आगामी चैत महिनाभित्र उपभोक्ताका घर/घरमा पानी झार्ने गरि काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभएको छ ।

करिब चार हजार घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म २८ सय धारा जडान गरिसकिएको उपभोक्ता समितिले जनाएको छ ।

८४ करोड ७९ लाख रूपैयाँ लागत रहेको आयोजनाको ५७ करोड ९५ लाख रुपैयाँको काम भईसकेको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्ने छ । बाँकी रकम स्थानीय उपभोक्ता र नेपाल सरकारले ब्यहोर्ने छन् ।

आयोजनाको पानी इलाम बजार र आसपासका क्षेत्रमा वितरण गरिने छ ।