८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः चन्द


78
Shares

बैतडी । निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः सुरेश बहादुर चन्द सर्वसम्मत चयन भएका छन् ।

१७ औं साधारण सभा तथा नवौं जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कमल सिंह बोहरा, वित्तीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर, कोषाध्यक्षमा श्याम बहादुर चन्द रहेका छन् ।

समितिको कार्यकाल तीन ३ वर्षको हुने नवनिर्वाचित मसहासचिव विकास चन्दले जानकारी दिनुभयो ।