
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नुभएको छ ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा छलफल गर्न गृहमन्त्री खाँण बुधबार विहानै दाहालनिवास खुमलटार पुग्नुभएको हो ।
यसअघि नै प्रचण्डले आफ्ना मन्त्रीहरूलाई जस्तोसुकै परिस्थिति आउनसक्ने भएकाले तयारी भएर बस्ने बताइसकेको अवस्थामा माओवादी केन्द्रले सरकार छाड्न सक्ने अर्काथरीको विश्लेषण छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नका लागि दौडधुप बढाउनुभएको छ । उहाँले मंगलबार बेलुकी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरूको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।
यसअघि प्रकाशित समाचार भुलवश प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डनिवास खुमलटार गएको भनि प्रकाशित भएकोमा सच्याइएको छ– सम्पादक
प्रतिक्रिया दिनुहोस्