२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


एमसीसीबारे धारणा बनाउन लोसपाको संसदीय दल बैठक बस्दै


39
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्मा सरकारले टेबल गरेको एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा बनाउने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।

एमसीसी सम्झौता छलफलका लागि सदनमा पेश भइसकेको अवस्थामा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।