
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का कुनाल सिंह रहेका छन् । विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले सिंहलाई ३२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
ब्यूरोबाट खटिएका प्रहरी निरीक्षकको टोलीले सिंहले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर र डिजिटल तराजु समेत बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका सिंहमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान भइरहेको प्रदेश १ का प्रहरी प्रवक्ता नविनराज राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्