१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


रुसले कुनै पनि बेला आक्रमण गर्नसक्ने युक्रेनी राष्ट्रपतिको दाबी


234
Shares

काठमाडौं । रुसले युरोपमा कुनै पनि बेला ठूलो आक्रमण गर्नसक्ने दाबी युक्रेनले गरेको छ ।

देशभर संकटकाल लागू गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्ध कुनै पनि बेला युद्ध सुरू गर्ने र त्यो युरोपभर फैलिनसक्ने दाबी गर्नुभएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो फोन कल नउठाएको जानकारी दिँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिन आक्रमणको तयारीमा लागेको जिकीर गर्नुभयो ।

रुसले आक्रमण गरे देशको रक्षा गर्न युक्रेनी सेना सक्षम रहेको भन्दै उहाँले शान्ति वार्ताका लागि आफू हरपल तयार रहेको पनि बताउनुभएको छ ।

उता, रुसले युक्रेनी सीमा क्षेत्रमा आफ्नो उडान स्थगित गरेको छ । युक्रेनको पूर्वी सिमा क्षेत्रको आकाशमाथि अनिश्चित समयका लागि रुसले उडान प्रतिबन्ध लगाएको हो ।