१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


104
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

१३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् ।

१३ अंक जोडेर हिमालयन दशौं स्थानमा रहेको छ भने १० अंक जोडेर फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।

यसैगरी, दिउँसो १ बजे नै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो आज च्यासललाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ भने च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ ।

६ अंक जोडेर च्यासल पुछारमा रहेको छ भने १८ अंक जोडेर सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।