२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय कम्पनी सतलजले अरुण तेस्रो आयोजनाका लागि जुटायो लगानी


130
Shares

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनी सतलजले आयोजनाका लागि १ खर्ब रुपैयाँको लगानी जुटाएको छ ।

एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले गत मंगलबार भारत र नेपालका विभिन्न बैंकहरुसँग ऋण सम्झौता गरेको भारतीय मिडिया बिजनेस स्टान्डर्डले जनाएको छ ।

सो मिडियाका अनुसार एसबीआई बैंक र पञ्जाव नेशनल बैंकको नेतृत्वमा एक्जिम बैंक, केनरा बैंक, यूबीआई बैंक तथा नेपालका एभरेष्ट बैंक र नबिल बैंकसँग ऋण लगानीका लागि सम्झौता गरेको हो ।

आयोजना निर्माणका लागि १ खर्ब १६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रोबाट नेपालले १९७ मेगावाट विजुली निःशुल्क पाउनेछ भने बाँकी विजुली भारत लगिने छ ।

अहिले बाँध र सुरुङ निर्माणको काम चलिरहेको यो आयोजना निर्धारित मिति भन्दा एक वर्ष अगाडि सन् २०२४ भित्रै सम्पन्न हुने सम्भावना रहेको छ । २५ वर्षपछि आयोजना सम्पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा आउने छ ।