२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


लिभरपुलको सानदार जित


65
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति लिभरपुलले लिड्स युनाईटेडमाथि शानदार जित निकालेको छ ।

लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ६–० को शानदार जित निकालेको हो ।

लिभरपुलका लागि मोहम्मद सालह र सादियो मानेले दुई दुई गोल गर्दा माटिप र भान डाइकले एक एक गोल थपे ।

जितपछि दोस्रो स्थानको लिभरपुलले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरीलाई ३ अंकमा सिमित गरेको छ । लिगमा २६ खेलबाट लिभरपुलको ६० अंक छ । शिर्ष स्थानको म्यान सिटीको ६३ अंक छ ।

बुधबार राति नै भएका अन्य खेलहरुमा बर्नलेले टोटनह्याम हट्सपरलाई १–० ले पराजित गरेको छ ।

बर्नलीलाई जित दिलाउन बेन मीले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।

अर्काे खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्डमाथि ४–१ को जित निकालेको छ ।