
Web Pic
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ साँगामा बुधबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
राति साढे १० बजे नम्बर नखुलेको सवारी साधनले बा ७४ प ४५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बनेपा–१४ आशापुरीका अन्दाजी ३१ वर्षीय बिशाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै फरार भएका सवारी साधन सहित चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्