१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते


104
Shares

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारी चोकमा मंगलबार राति साढे ९ बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

स १ प ८९७ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका स्थानीय ५० वर्षीय राम चौधरी ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक स्थानीय ४० वर्षीय निर्मल चौधरीलाई उपचारका लागि विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।