८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रचण्ड र नेपालले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्ने पौडेलको चेतावनी


195
Shares

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरे गठवन्धन टुट्ने चेतावनी दिनुभएको छ ।

प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन जोगिने सपना नदेख्न नेताहरुलाई आग्र्रह गर्नुभयो ।

सरकारले ल्याएको प्रस्तावलाई गठवन्धनका दलले सहयोग गर्नुपर्ने, गठवन्धनले साथ नदिए प्रतिपक्षी दलको सहयोगमा भएपनि पास गर्नुपर्ने कुरामा कांग्रेस रहेको उहाँले बताउनुभयो ।

नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली पनि एमसीसी पास गर्ने विषयमा भाग्न नमिल्ने बताउनुभयो । ओलीले एमसीसीमा सहयोग गर्नपरे सभामुखलाई हटाउनुपर्ने विषय राखेको नेता पौडेलले प्रस्ट पार्नुभयो ।