
काठमाडौं । उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरू भएको छ ।
बिहीबार काठमाडौंमा सुरू भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल सुरू भएको हो ।
संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी हुनुहन्छ भने भारतको तर्फबाट भारत सरकारका उर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी हुनुहुन्छ ।
आजबाट सुरू भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको उर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ । बैठक भोलि शुक्रबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्