१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


BREAKING :- प्रतिनिधिसभाकाे बैठक स्थगित


4.342k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ ।

संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ । बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा संसदमा टेबुल भएको एमसीसीको प्रस्तावमा सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।