
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीकोे माग गर्दै बानेश्वरमा जारी आन्दोलनमा झडप भएको छ ।
प्रदर्शनकारीले प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीलाई ढुंगा प्रहार गरेपछि आन्दोलनमा झडप भएको हो । झडप हुन थाललेसँग प्रहरीले पानीको फोहोरा हान्ने र कयौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
अश्रुग्यास र पानीको फोहरा प्रहार भएपछि प्रदर्शनकारी बिजुलीबजारतर्फ भागेका छन् । प्रहरीले अहिले प्रदर्शनकारीलाई बिजुलीबजारको आर्क ब्रिजमा आइपुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्