
रसुवा, साउन २३ । जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाका पाँचओटै गाउँपालिकाका स्तम्भ निर्माण गरेको छ ।
संघीय संरचनाअनुसार जिल्लाका सबै गाउँपालिकाका राजनीतिक र भौगोलिक अवस्था झल्काउने गरी जिल्ला कार्यालयमा स्तम्भ निर्माण गरिएको हो ।
स्तम्भमा गाउँपालिकाका वडा विभाजन, वडा कार्यालय रहेका स्थान उल्लेख गरिएकाले सेवाग्राहीलाई सहज हुने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
त्यस्तै, स्थानीय तहप्रति कार्यालयको अपनत्वबोध हुने र सेवाग्राही तथा जनप्रतिनिधिमा कार्यालयप्रति सकारात्मक धारणा बन्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्