
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुट्नुभएको छ ।
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा विवादपछि बिहीबारको प्रतिनिधिसभा स्थगित भएसँगै संसद भवनमै एमाले आन्तरिक छलफलमा जुट्नुभएको हो ।
एमालेसँगको संवादका लागि भन्दै सरकारकै आग्रहकमा आजको प्रतिनिधिसभा बैठक स्थगित भएपछि एमाले निर्णय गर्नुपर्ने दवावमा परेको छ ।
एमालेले राखेका १४ सांसदको कारबाही वा सभामुखको बहिर्गमन गर्ने दुईमध्ये एक माग पूरा गर्ने कांग्रेसको संकेतपछि एमालेले निर्णायक छलफलमा जुटेको हो ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि दुई पार्टीले एमसीसीको पक्षमा मतदान नगरे गठबन्धन टुट्टे बताउँदै आउनुभएको छ ।
अब पनि माओवादीले एमसीसीको पक्षमा मतदान नगरे एमालेसँग मिलेर सभामुखमाथि महाभियोग प्रस्ताव दर्ता गर्नसक्ने कांग्रेसका नेताहरूको अभिव्यक्तिले अनुमान लगाउन सकिन्छ ।
एमालेको आन्तरिक छलफलपछि कांग्रेसले एमालेसँग छलफल गर्नेछ । जसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरू अझै पनि संसद भवनमै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्