
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य खगराज अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूमाझ बोल्दै नेता अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको हो ।
‘कम्फर्टेबल भन्थे क्यारे, अब त्यसको अवधि सकियो,’ उहाँले भन्नुभयो ।
सात महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सरकार बनेमा भारत र चीन दुवैका लागि कम्पर्टेबल हुने बताउनुभएको थियो ।
नेता अधिकारीले कांग्रेसले कच्चा खेल खेलेको भन्दै परिपक्व बन्न पनि सुझाव दिनुभयो ।
यसअघि पनि कांग्रेसले बुझ्दै नबुझी सुशिला कार्कीमाथि महाभियोग लगाएको भन्दै उहाँले अहिले प्रधानन्यायाधीशमाथि लगाएको महाभियोगलेपनि कांग्रेस कच्चा भएको पुष्टि हुने उहाँको तर्क छ ।
नेता अधिकारीले अहिले नै एमालेले कांग्रेससँग गठबन्धन गरेर सरकार चलाउनेबारेमा नसोचेको बताउँदै छलफलपछि ती विषय टुंगिने जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्