२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


कांग्रेस र एमालेबीच बानेश्वरमा छलफल


988
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच बानेश्वरमा छलफल सुरु भएको छ ।

सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएपछि कांग्रेसको तर्फबाट सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

यस्तै, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन् ।

दुई दलबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अनुमोदनको सन्दर्भमा छलफल हुनेछ । साथै एमालेको मागको सन्दर्भमा पनि छलफल हुने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

छलफल सहमतिमा पुगेकाे खण्डमा सभामुखविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेर अर्काे सभामुख बनाएर एमसीसी अनुमाेदन हुनसक्ने देखिएकाे छ ।