२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानले जित्यो टस


143
Shares

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा तेस्रो स्थानको हुन लागेको खेलमा ओमानले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल केहीबेरमा सुरु हुँदैछ । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वेन्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।

ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो । छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।