१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हतियार राख्न चाहने नागरिकले राख्न सक्छन् : युक्रेनी राष्ट्रपति जेलेन्स्की

रुससँगकाे कूटनीतिक सम्बन्ध तोडेको घाेषणा

13.52k
Shares

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकलाई हतियार राख्न छुट दिने बताउनुभएको छ ।

रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

रसियासँगको तनाव बढ्दै गएको बेलामा केही हप्ता अघि युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेको तस्वीर सार्वजनिक भएको थियो ।

यसैबीच, युक्रेनी भूभागमा आक्रमण गरेसँगै राष्ट्रपति जेलेन्स्कीले रुससँग आधिकारिक रूपमा कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ ।

रुसको आक्रमणबाट युक्रेनमा ८ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं मानिस घाइते भएका छन् ।