३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


एमसीसी निर्यायक मोडमा,गठबन्धन तोडिने संभावना


9.074k
Shares

 

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीलाई लिएर सरकार र सडक दुबैमा देखिएपछि गठबन्धन सरकार संकटमा परेको छ ।

बिहिबार प्रतिनिधि सभामा अमेरिकी सहयोग संझौता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)मा सामान्य छलफल गर्ने कार्यसूचि रहेकोमा त्यस्तो वाताबरण नभएपछि सरकारले सभामुखसंग आग्रह गरेर आजको प्रतिनिधि सभा बैठक स्थगित गराएको छ ।
एमसीसी संसदमा टेबुल गरेपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भातृसंगठनहरुलाई सडकमा उतारिएको छ । दुबै पार्टीले केही दिन यता सरकार र सडकमा रहेर दोहोरो भूमिका निर्वाह गरिरहेका छन् । सत्ता गठबन्धनमा सहभागी दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी चाँडो भन्दा चाँडो संसदबाट पास गर्नु पर्ने अडानमा रहँदा माओवादी र एकीकृत समाजवादी त्यसको विपक्षमा छन् ।

जसका कारण दुबै दललाई सरकार रोज्नेकि सडक रोज्ने भन्ने नैतिक संकट देखिएको छ । त्यतिमात्रै होइन संसदमा पनि सत्ता पक्षको लाइनमा कि विपक्षी लाइनमा बस्ने भन्ने कठिनाई आइपरेको छ ।

फाइल तस्विर

कांग्रेस नेताहरुले दुबै दललाई आफ्नो कित्ता क्लियर गर्न भनेका छन् । सरकारमा रहने,एमसीसीको विरोधमा सडक पनि तताउँने भन्दै माओवादी र एकीकृत समाजवादीलाई सत्ता पक्ष र प्रतिपक्ष कता बस्ने हो भनेर रोज्न आग्रह गरेका छन् । कांग्रेस एमसीसी पास गर्नुपर्ने अडानबाट पछि हटेको छैन भने माओवादी र एकीकृत समाजवादी कुनै पनि हालतमा एमसीसी पास हुन नदिने अडानमा छन् । यसले वर्तमान गठबन्धन सरकार तोडिने संभावना बढेको छ ।

माओवादी र एकीकृत समाजवादीले एमसीसीमा समर्थन नगर्ने अडान राखिरहँदा सत्ता साझेदार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसंग छलफल अघि बढाएको छ । अब कांग्रेस र एमालेको गठबन्धन बन्न सक्ने संभावना देखिएको छ । प्रधानमन्त्री देउवालाई पनि माओवादी र एकीकृत समाजवादीले दोहोरो भूमिका देखाएपछि निर्णय लिन दवाब बढेको छ ।