
काठमाडौं । पाँच घण्टादेखि अवरूद्ध माइतीघर–बानेश्वर सडकमा सवारी सुचालु भएका छन् ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा सत्तासाझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत अन्य राजनीतिक दलले गरेको विरोध प्रदर्शन मत्थर भएपछि सवारी आवागमन सुचालु भएको हो ।
विहान ११ बजेदेखि माइतीघर–बानेश्वर सडकखण्ड पूर्णरूपमा अवरुद्ध थियो । प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको झडपले सडकखण्ड मात्र नभएर सडक आसपास व्यवसाय गर्नेहरूसमेत प्रत्यक्ष प्रभावित भएका थिए ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गर्ने भनिए पनि बैठक नै स्थगित भएपछि बिहीबारको बैठक आइतबारको जस्तो हिंसात्मक नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आइतबार पनि सत्ता साझेदार दलसँग अन्य दलहरूले एमसीसीकाे विराेधमा प्रदर्शन गरेका थिए । आइतबारकाे तुलनामा बिहीबार प्रशासनले सुरक्षा व्यवस्थासमेत कडा बनाएको थियो भने बानेश्वरस्थित संसद भवनकाे पर्खालमा समेत काँडेतार लगाइएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्