
काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा तेस्रो स्थानको हुन लागेको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटस्थित अल अमितरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन बनायो ।
उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन तथा कमल ऐरी, आरिफ शेख, अभिनाश बोहरा र सागर ढकालले समान एक विकेट लिए ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वेन्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।
ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो । छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्