१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउवा निस्किएपछि दाहाल ओलीको कार्यकक्षमा


2.496k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल सकिने बित्तिकै दाहाल ओलीसंग भेटवार्ता गर्न नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा छिर्नु भएको हो ।

दाहालका स्वकीय सचिव रमेश मल्लले ओली र दाहालबीच एमसीसीका विषयमा छलफल भइरहेको इमेजखबरलाई जानकारी दिनुभयो ।

एमसीसीबारे छलफल गर्न प्रतिनिधि सभाको बैठक बिहिबार १ बजेलाई बोलाइएको थियो । तर,सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संसदबाट पास गर्न नहुने अडानमा रहेपछि सरकारले सभामुखसंग आग्रह गरेर भोलि बस्नेगरी संसद बैठक स्थगित गरिएको छ ।

संसद बैठक स्थगित भए लगत्तै दलका नेताहरु छलफलमा जुटेका हुन् । कांग्रेस नेताहरुले माओवादी र एकीकृत समाजवादीले सरकारमा पनि रहने र सडकमा पनि आन्दोलन गर्ने गरेर दोहोरो चरित्र देखाएको भन्दै दुबै पार्टीलाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।