३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सत्ता गठबन्धन धरापमा परिसक्यो : महामन्त्री थापा

ओली र देउवाबीच साँझ ७ बजे निर्णायक वार्ता हुने

468
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परिसकेको बताउनुभएको छ ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था नरहेको बताउनुभयो ।

महामन्त्री थापाले प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको जानकारी दिनुभयो ।

आजै साँझ साढे ७ बजे प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उहाँले बताउनुभयो ।

थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नुपर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ ।’