
काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।
एक घण्टाभन्दा लामो समय संसद भवनको प्रतिपक्षी दलको कार्यकक्षमा भएको छलफल सकिएको हो ।
छलफलमा एममीसी सन्दर्भमा साझा धारणा तय गर्न प्रचण्डको गरिएको प्रस्ताव ओलीले अस्वीकार गरेकाे एमाले स्रोतले जनाएको छ ।
भेटमा एमसीसी र सदन सुचारू गर्नेबाहेक अन्य विषयमा छलफल नभएको माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
तर, एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भने छलफलमा माओवादी अध्यक्ष दाहालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताउनुभएकाे छ ।
जवाफमा अध्यक्ष ओलीले आफूहरूले अहिले प्रधानमन्त्री पद भन्दा पनि देशको निकास खोजिरहेको जवाफ दिनुभएको भट्टराईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्